Monday, July 27News That Matters

रोजगारको सिलसीलामा दैनिक ३ हजार भन्दा बढी नेपाली विदेशिन्छन्

पूर्णपुष्टि,चैत्र २६ । नेपालको पछिल्लो तथ्यांक हेर्नेहो भने दैनिक जसो युवाहरु रोजगार सिलसीलामा औपचारिक रुपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ ।