Monday, July 27News That Matters

गाईघाटमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका ११ स्थित मेनचोक नजिकै ट्रकको ठक्करबाट मृत्यु हुँनेको पहिचान खुलेको छ । ट्रकको ठक्करबाट मृत्यु हुँनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित साउनेका अन्दाजी ४५ बर्षिय तारिणी मगर रहेको प्रहरीले जनाएको ।

आज आईतबार बिहान करिव पौने ६ को समयमा मदनभण्डारी लोकमार्गमा पर्ने मेनचोक नजिकै पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको मे १ ख २१४८ नं को मालबहाक ट्रकले प्र.नं.१–०५–००१ प.६१५९ नम्बरका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको थियो । मोटरसाईकललाई ठक्कर दिने ट्राक ड्राइभरलाई भने आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर लगगिएको जनाएको छ ।