
पूर्णपुष्टि,माघ २८ । संग्रह कवि रोजी (थुुलुुङ) साम्पाङ राईको प्रथम कविता संग्रह सम्मोहन विमोचन भएको छ । शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहा स्थित लालीगुुराँस सामुदायिक भवनमा मेयर कालु लामा, बरिष्ठ पत्रकार एवम् इतिहासकार कौशल चेम्जोङले संग्रहको विमोचन गर्नुभएको हो ।

९१ वर्षिया जेष्ठ नागरिक विष्णुु बान्तवाको अध्यक्षतामा भएको विमोचन समारोहमा कविता संग्रहले सहभागिहरुबाट चर्चा पाएको थियो । करिव ४० वटा कविता रहेको संग्रह कवि रोजीको जन्मथलोदेखि देश विदेशसम्मको जीवन भोगाई समेटिएका छन् । विमोचन कार्यक्रममा कवि रोजीले तीन कविता प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीलाई सम्मान गर्दे कार्यक्रम हलमा उपस्थित भएका सहभागिहरुले तालीको गडगडाहट दिएका थिए ।
