Saturday, June 6News That Matters

रोमनियामा नेपाली युवाको मेशिनमा च्यापिएर मृत्यु

पूर्णपुष्टि, कार्तिक १७
रोमनियामा एक नेपाली युवाको मृत्यु भएको छ । उनको काम गर्ने क्रममा मेशिनमा च्यापिएर मृत्यु भएको हो । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको हो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको जनाईएको छ ।