
पूर्णपुष्टि, कात्तिक ३
उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा विजुली पुगेको छ । संघीय सांसद सुरेशकुमार राईले आइतबार पालिकाको केन्द्र भुट्टारमा विजुली उद्घाटन गर्नुभयो ।
सांसद राईले विजुलीको स्विच अन गर्दा झलल बलेको उज्यालोले पालिकाबासीमा खुसीयाली छाएको थियो भने सिंगो पालिकाको उज्यालोको सपना पुरा हुने संकेत गरेको थियो । प्रदेश सांसद नारायण बुर्जा रौतामाईको विजुली उद्घाटनमा सरिक हुनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकार, तीनै सरकारको सहयोगबाट रौतामाईमा विजुली आएको हो ।
केन्द्रमा विजुली पुग्नुअघि अन्य चारवटा वडाहरुमा विजुली पुगिसकेको छ । अब, बाँकी ३ वटा वडाहरुमा पनि विजुली छिटै पुर्याउने पालिकाको योजना छ ।
जनतालाई उज्यालो दिने जनप्रतिनिधिहरुको वाचा अनुरुप पालिकामा विजुली विस्तारको काम भईरहेको र सोही अनुरुप आइतबार पालिकाको केन्द्र भुट्टारमा विजुली पुर्याएर उद्घाटन गरिएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।
विलुलीको उद्घाटनसंगै पालिकाबासीको मुहारमा खुसी छाएको छ । पालिकाबासीले अव छिटै हरेक वडाका घरघरमा विजुली पुगोस् भन्ने कुरामा आशा राखेका छन् ।
पालिकाले पहिलो बर्षलाइ सडक बर्षको रुपमा लिएको र पालिकाका सम्पुर्ण वडामा सडक बिस्तार गरीएको पालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार दोस्रो बर्षलाइ बिद्युत बर्षको रुपमा लिइए अनुरुप बिद्युत बिस्तार गरीएको हो ।
पालीकामै बिद्युत नहुदा यसअघि जेनेरेटर र सोलारबाट कार्यालयको कामकामज गरीदै आएको थियो । जनप्रतिनिधी निर्बाचीत भएको दोस्रो बर्षलाइ बिद्युत बर्ष लिएअनुरुप गाउँपालिकाको कार्यालयमा बिद्युत पुगे संगै समुदायमा पनी बिद्युत बिस्तार गरीएको छ । खड्काका अनुसार पालिकाको वडा न। ७ संगै केही वडामा यस अघिनै बिद्युत बिस्तार भइसकेको छ । भने हालै वडा न। ५ लाइ उज्यालो वडा पनी घोषणा गरी सकिएको बताउनुभयो । संघिय सरकारको करिव १ करोड ७५ लाख प्रदेश सरकाकारको १ करोड बराबरको रकमले बिद्युत गाउँपालिका सम्म ल्याउन सफल भएको भन्दै अध्यक्ष खड्काले संघिय सांसद सुरेस राइ हिमाल र प्रदेश सांसद नारायण बुर्जालाइ धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघीय सांसद राईले निर्बाचनको बेला गरेको बाचा पुरा हुने क्रममा रहेको बताउनुभयो । हाल आफ्नो निर्बाचन क्षेत्र अन्तर्गत लिम्चुङबुङ, ताप्लि, उदयपुरगढी, रौतामाइ गाउँपालिकाको बिभिन्न वडाहरुमा ३ अरब बराबरको खानेपानी योजना संचालनमा रहेको बताउनुभयो । यस्तै गाउँ गाउँमा पक्कि रोड पुर्याउने अभियान अन्तर्गत मदन भण्डारी राजमार्गबाट रौतामाइ प्रबेसद्धरको रुपमा रहेको वडा नं. ७ को राजाबासबाट यही आर्थीक बर्षबाट पक्कि रोड अभियान सुरु गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो ।
यस्तै उहाँले स्थानीय , प्रदेश र संघिय सरकारबाट धेरै बिकास भइरहेको भएपनी तिनै तहमा समन्वय नहुदा देखीने रुपमा बिकास नभएको बताउनुभयो । स्थानीय , प्रदेश र संघिय सरकारको बजेट एकै ठाउँबाट एकिकृत रुपमा लगिएको भए धेरै देखीने बिकास हुनेथियो तर प्रदेशले गरेको ठाउँमा स्थानीयले नगर्ने स्थानीयले गरेकोमा संघियले नगर्ने गर्नाले बिकास नदेखीएको बताउनुभयो ।
यस्तै प्रदेश सांसद नारायण बुर्जा मगरले आफ्नो निर्बाचन क्षेत्रको बिकासको लागी अहोरात्र खटिरहेको बताउनुभयो । बिगतको भन्दा अहिले धेरै परिबर्तन भइरहेको बताउदै बिकास क्रमिक रुपमा हुदै जाने बताउनुभयो । यस्तै मगरले गाउँपालिका प्रबेस गर्ने केही खोलाहरुमा पुल नहुदा ज्यान समेत गुमाउनु परेको भन्दै यसै आर्थीक बर्षमा गाउँपालिका प्रबेश गर्ने खोलामा पुल निर्माण गर्न संसदिय कोषको रकम बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पालिकाकी उपाध्यक्ष कुमारी ज्यु ठकुरीले गाउँपालिका अहिले अध्यारो गाउँपालिकाबाट उज्यालो तर्फ लम्की रहेको बताउनुभयो । आर्थिक बर्ष २०७८को अन्त्य सम्ममा सबै नागरीकको घर घरमा बिद्युत पुर्याइ सक्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, पत्रकारले समेत शुभकामना ब्यक्त गरेका थिए ।
