
पूर्णपुष्टि, चैत्र १३ । रौतामाई गाउँपालिका २ थाम्वु तेप्चे डाँडाँका गोपाल बि.क क घरमा आगलागी हुँदा घरबार बिहिन भएको छ । आईतबार १२ बजेको समयमा भएको आगलागीले बि.क को घर सहित लत्ता कपडा, अन्नपात भाँडावर्तन सबै जलेर खरानी भएको छ । ढुँङगा र माटोले बनेको २ तल्ले घरमा ६ बर्षिय नाति अमर बि.क. ले लाईटर खेलाउने क्रममा आगो उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीमा ६ लाख बढी क्षती पुगेको प्रहरीको भनाई छ । मानविय तथा चौपाय क्षति भने नभएको र आगो स्थानियवासी र प्रहरीको
सहयोगमा नियन्त्रणमा ल्याएको प्रहरीको भनाई छ ।
