Monday, April 20News That Matters

रौतामाईमा किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा बारे सीप विकास तालिम

पूर्णपुष्टि,असार १ । उदयपुरको रौतामाई गाउँपालिका ६ का विभिन्न किशोरकिशोरीहरुलाई सुरक्षा र आत्मरक्षा सीप विकासका लागि तीन दिने तालिम प्रदान गरिएको छ । वडाकार्यालयको आयोजना र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहकार्यस र सहजीकरणमा चिसापानीका ३८ जना किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो।

उक्त तालिम संगै बाल बिबाह न्युनिकरणकालागि २ दिने अभिमुखिकरण कार्यक्रम समेत गरिएको वडा अध्यक्ष पृथ्बी कुमार राईले बताए । राईले अनुसार आगामी बर्षमा समेत बालबालिकाको माग र कार्य योजनाको आधारमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपेक्षा , दुर्व्यवहार, हिंसा विरुद्ध किशोरकिशोरीको सशक्तीकरणका लागि संचालित आत्मरक्षा तालिमले किशोरी हिंसा कम गर्ने, शारीरिक , मानसिक , सामाजिक , लैङ्गिक दुर्व्यवहार विरुद्ध आवाज उठाउन सक्ने हुनु, आफ्नो सीपमा आत्मनिर्भर बनाउने ,किशोरकिशोरीको आत्म विश्वास र सक्षमताको विकास गर्न र आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाउनु यस तालीमको उदेश्य रहेको प्रशिक्षक बृहस्पती राईले बताईन ।

किशोरकिशोरीलाई शारीरिक रुपमा दुर्व्यवहार भएमा भौतिक रुपमा प्रतिकार गर्नका लागि अबस्था अनुसार विभिन्न विधिहरु प्रयोग गरि प्रतिकार गर्न तालिममा सिकाईएको छ । दुव्र्यवहारलाई हातले प्रहार गर्ने, सिधा हत्केलाले अनुहारमा प्रहार गर्ने, चोरी औंलाले हिंसकको रुद्र घन्टिमा प्रहार गर्ने, २ वटा औंलाले आंखामा प्रहार गर्ने, मुठ्ठीले नाकमा प्रहार गर्ने, सवारी साधनमा हिड्दा हिंसा भएमा प्रतिकार गर्ने विधि, हिंस्रकले कपाल समाउदा छुट्ने तथा प्रतिकार गर्ने विधि, खुट्टाले प्रहार गर्ने विधि, घुडाले प्रहार गर्ने विधि जस्ता ज्ञानले महिलाहरुलाई प्रतिकार गर्न सहज हुने गरी सिकाईएको अर्की प्रशिक्षक नमिना कुमारी राईले बताईन् ।