
पूर्णपुष्टि, बैशाख १९
रौतामाई गाउँपालिकामा १० देखि १९ बर्ष सम्मका किशोर किशोरीहरुको समग्र संरक्षण र उनिहरु सँग सम्बन्धीत घटनाहरुको व्यवस्थापनका निति बन्ने भएको छ ।
रौतमाई गाउँपालिका उदयपुरले गत मंगलबार देखि आयोजना गरेको दुई दिवसीय नीति निर्माण कार्यशाला बुधबार सम्पन्न हुनुका साथै निति मस्यौदाको काम अगाडी बढेकोछ ।
गाउँपालिकाले वल्र्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहयोग र सहकार्यमा सामना रुपान्तरण परियोजनाको आर्थिक सहयोगमा नितिनिर्माण कार्यशालाको आयोजना बनाएको हो । “रौतामाई गाउँपालिकाको किशोर किशोरीहरुको संरक्षण एवं घटना व्यवस्थापनका लागिनीति”२०७८”नामबाट नीतित यार गर्न लागेको हो ।
पालिकाको भौतिक पूर्वाधारहरुको क्षेत्रमा केहि कामहरु भईरहेको र नितिगत रुपमा समेत ५४ वटा भन्दा बढी कानुन हरुको विकास अगाडी बढाइएको गाउँपालिका प्रमुख गजेन्द्र बहादुर खड्काले बताउनुभयो । उहाँले बालबालिका र किशोर किशोरीहरुको क्षेत्रमा अझै कामहरु गर्न बाँकी रहेको कुरा समेत बताउनुभयो ।
कार्यशाला निति निर्माण विज्ञ डा. कोमलप्रसाद दुलालले किशोर किशोरीहरुको लागि रहेका निति गतव्य स्थानिय सरकारले अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले नितिगतको पहलह र समुदाय एवं परिवारको भुमिका लगायतका विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।
डा. दुलालले विश्व परिवेशमा रहेका नितिगत व्यवस्था र किशोरकिशोरीहरुको सवालमा नेपालमा रहेको कानुनी प्रवाधानहरुको विषयमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
विश्व परिवेशलाई जोड्दै उहाँले प्रत्येक ७ मिनेटमा एउटा किशोर वा किशोरीको हिंसाका कारण मृत्यु हुने तथ्याङक उल्लेख गर्नुभयो । १३ करोड भन्दा बढी १३ देखि १५ बर्षका किशोर किशोरीहरुमा विद्यालय क्षेत्रमा मनो सामाजिक रुपले असर हुने, १ करोड ५० लाखभन्दा बढी १५ देखि १९ बर्षका किशोरकिशोरीहरु जवरजस्ती यौनकार्यमा संलग्न हुने र हरेक ४ जना किशोरकिशोरीहरु मध्ये १ जना किशोरीको विवाह १८ बर्ष भन्दा अगाडीनै हुने गरेको तथ्याँक प्रस्तुतगर्नुभयो ।
कार्यशालामा सहभागीहरुले रौतमाईका विभिन्न वडाहरुमा दिनानुदिन बढ्दै गईरहेको बालविवाह र भागीविवाह बढ्दै गईरहेको बारे यथाशिघ्र पहलहरु सरकारी निकायको तर्फबाट अगाडी बढाउनुपर्ने भन्दै व्यापक आवाज उठाएका थिए ।
रौतामाईका आठ वटै वडाका जनप्रतिनिधिहरु, कार्यपालिकाको टिम र कर्मचारी टिम सहित स्थानिय विद्यालयका अगुवा शिक्षकहरु, बालअधिकार समितिका पदाधिकारीहरु, सिएफएलजीका वडा प्रतिनिधिहरु, किशोरकिशोरी समुहका प्रतिनिधिहरुको सक्रिय सहभागितामा नीति निर्माण सम्बन्धी छलफल संचालन गरिएको गाउँपालिकाका प्रशासकीय प्रमुख पर्शुरामद ाहालले बताउनुभयो ।
उक्त कार्यशालामा जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेले रौतामाई गाउँपालिकाका अध्यक्ष् गजेन्द्र बहादुर खड्काले संयुक्त रुपमा समझदारी पत्र २०७८ मा हस्ताक्षर गर्नु भएको छ ।
समझदारी पत्र अनुसार गाउँपालिका र संस्थाले आपसी समझदारीमा परियोजना क्रियाकलापहरु संचालनमा सहकार्य, दिगोपना र बजेट एवं श्रोत लगानीमा सहकार्य गर्ने संस्थाका परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो ।
