
पूर्णपुष्टि, माघ १९ । भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उदयपुरको रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नेपाल सरकारको ७ करोड ८७ लाख बजेटमा निर्माण भएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार समायोजनसहितको उक्त बजेटमा भवन गत भदौमा निर्माण सम्पन्न भएको हो । भवनमा २८ वटा कोठा छन् । सुविधा सम्पन्न पक्की भवन निर्माणका लागि २०७७ साल असोजमा ठेकेदार कम्पनी रौतामा धुलिखेल सुसम आदिज्या जेभीसंग सम्झौता भएको थियो ।
