रौतामाई ७ मा प्रहरी विट स्थापना

पूर्णपुष्टि, मंसिर २५
रौतामाई गाउँपालिका ७ संगम चोकमा प्रहरी बिट स्थापना भएको छ । प्रहरी बिट स्थापना सँगै बिभिन्न दुर्घटना तथा घटनाहरुको लागि सुरक्षित मानिएकको छ । मदन भण्डारी स्मृति लोकमार्गको शान्तिसुरक्षालाई लक्षित गरी पालिकाको ७ नं वडा संगमचौकमा प्रहरी विट स्थापना गरिएको हो ।

रौतामाई, उदयपुरगढी गाउँपालिका, स्थानीय सामुदायिक वनको सहयोगमा एक बर्षअघि निर्माण गरिएको प्रहरीचौकी भवनलाई प्रयोगमा ल्याई सेवा सुचारु गरिएको हो । प्रहरी भवनका लागि स्थानीय शंकर भट्टराईले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । प्रहरी विटको उद्घाटन गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले गरे ।

सुरक्षाकर्मीका अनुपस्थितिमा दुर्घटनाका घटनाहरु बढ्न थालेपछि न्युनिकरण र जनताको ज्युधनको सुरक्षाका लागि गाउँपालिकाको पहलमा प्रहरीविट स्थापना गरिएको हो ।
त्यसअवसरमा बोल्दै अध्यक्ष खड्काले समाज जति शिक्षित बन्दै गएको उत्तिनै अपराध घटना बढ्दै गएकाले प्रहरीविट जनताको माग भएको बताए । उनले शान्ति सुव्यवस्था, अमनचयन जनताको नैसर्गिक अधिकार भएकाले जनताको सुरक्षाका लागि प्रहरीको कृयाशिलता बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष खड्काले वढ्दो सहरिकणसँगै जनघनत्व बढ्दै गएको र राजमार्गमा सवारी चाप पनि बृद्धी हुँदै गएकाले सम्भावित हुने अपराध र घटनालाई न्युनिरकण गर्न प्रहरीको विशेष भुमिका रहने बताए । उनले स्थानीय सरकार जनताको प्रत्यक्ष घरदैलोको सरकार भएकाले जनताको विकास र समृद्धीका लागि भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले प्रत्येक नेपालीको ज्युधनको सुरक्षा गर्नु नेपाल प्रहरीको दायित्व भएको हुँदा आफुहरु सहयोगीको भुमिकाका लागि यस क्षेत्रमा आएको बताए । उनले वर्दिमा रहेका प्रहरीबाट मात्र शान्तिसुरक्षा कायम गर्न नसकिने हुँदा सबैको साथसहयोग आवश्यक रहेको बताए ।

प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहने उक्त प्रहरीविटमा ७ जना प्रहरी कर्मचराी खटिने उनले बताए । उक्त प्रहरी विटले लोकमार्गको सुरक्षा मात्र नभई वडा नम्बर ७ अन्र्तगतका मुर्कुची बजारदेखि लिएर अन्य ठाउँको सुरक्षामा केन्द्रित रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: