रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

पूर्णपुष्टि, २१ मंसिर । रौतामाई गाउँपालिकाको वडा नं ६ रौतामा स्थायी प्रहरी पोष्टको उद्घाटन भएको छ । उदयपुरकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित रौता पोखरीमा सुरक्षाको मध्यनजर गर्दै स्थायी प्रहरी पोष्ट संञ्चालनमा ल्याईएको हो । स्थायी प्रहरी पोष्टको उद्घाटन जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले गर्नुभयो ।

चौकीको उद्घाटन गर्दै अधिकारी गौतमले लामो समयको अथक प्रयास पछि रौतामा स्थायी प्रहरी पोष्ट निर्माण गर्न सकिएको जनाए । यसका लागि रौतामाई गाउँपालिका, स्थानीय, राजनितिक दल र जिल्ला सुरक्षा समितिले समेत ठुलो मेहनत गर्नु परेको जनाए ।

रौताको बिकास र पर्यटकको चाप सँगै शान्ति सुरक्षा अमन चयन निर्माण गर्न प्रहरी पोष्ट अत्यावश्यक रहेको गौतमको भनाई छ । यस्तै पालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले रौतामा संञ्चालन आएको प्रहरी पोष्ट उद्घाटनलाई खुसी ब्यक्त गरे । रौताको सुरक्षा क्षेत्रको भावना बुझेर अस्थायी प्रहरी पोष्ट खडा गर्न लागि परेका सुरक्षा निकायलाई मगरले धन्यवाद व्यक्त गरे । उनले त्यस क्षेत्रमा घटना परिघटना हुँदा घन्टौ लगाएर सुरक्षा पाउनु पर्ने अवस्था रहेकोमा अब त्यसको अन्त्य भएको जनाए । कार्यक्रमको सभाध्यक्ष समेत रहेको उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले रौताको शान्ति सुरक्षा, धार्मिक पर्यटनलाई जोगाउन मदत गर्ने जनाए । यस ठाउँमा हिंसा र अपराध जस्ता कार्यहरुलाई प्रहरी ईकाईले रोक्ने जनाए । त्यस्ता खालको गतिविधिहरु आजै देखी अन्त्य भएको भन्दै स्थानीय जनताहरुलाई सुरक्षाको महसुस गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
7
+1
2
+1
2
+1
1
+1
1
+1
0