Thursday, May 28News That Matters

टोलबासीद्धारा सडक अवरुद्ध

पूर्णपुष्टि, बैशाख ३ गते ।

लकडाउनको पूर्ण पालनाका लागि गाउटोलमा सडक अबरुद्ध गर्न थालिएको छ । लकडाउनको पूर्ण पालना गर्नका निम्ति संगमटोलको चेम्बर मार्ग टोलबासीले अवरुद्ध गरेको हो ।

टोलबासिले टायर र घोचा राखेर सडक बन्द गराएका छन् । सवारी साधन र मानिस आवतजावत बन्द गर्ने उद्देश्यले अबरोध खडा गरिएको छ । अबरोध खडा पछि सवारी साधन चलेका छैनन् ।

उक्त सडक हुँदै मानिसहरु  त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र बोक्से जाने गर्दथ्यो । लकडाउनको समयमा प्रहरीले बजारमा कडाई गरेपछि सडकको चाप बढेको थियो । गाउका सडक केही समय पहिलेदेखि नै अबरुद्ध पारिए थियो ।

यसरी गरिएको अबरोधलाई सामाजिकरुपले सकारात्मक लिईएको छ । नयाँ मानिसको प्रवेश र गतिविधि बन्द गराउन गाउटोल मै यस किसिमको लकडाउन जरुरी छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण नेपालमा देखा परेपछि कोरोनाको संक्रमण रोकथाम तथा न्युनिकरणका लागी गत चैत्र ११ गतेबाट आगामी बैशाख १५ गतेसम्मका लागी सरकारले देश लकडाउन गरेको छ ।