Saturday, June 20News That Matters

लकडाउनलाई नागरिकले बुझ्न थालेको प्रहरी भनाई, अन्तिम सम्म पूर्ण पालना गर्न अनुरोध

गाईघाट/चैत्र, २२

लकडाउनको पालना गरी कोरोना बाट आफु अरु र देशलाई बचाउन सहयोग पुराउन जिल्ला प्रहरी कार्यलय उदयपुरले नागरिकहरुमा अनुरोध गरेको छ । कोरोना भाईरस संक्रमणलाई नियन्त्रण गर्न यतिवेला लकडाउनको निकै महत्वपूर्ण भुमिका देखिएको छ । यस बाट जोगिनुको पहिलो कदम नै लकडाउन रहेको विश्वको अनुसन्धानकर्ताहरु बताउँछन् । विश्वभरी नेपाल लगाएत विभिन्न देशहरुमा अहिले भाईरस नियन्त्रणको लागि थुप्रै चुनोती ब्यहोर्दै पनि देश तथा शहरहरु पूर्ण रुपले लकडाउन गर्नु परेको अवस्था छ ।

त्यस्तै नेपाल पनि अहिले कोरोना संक्रमणको भागिदार देश बन्न पुगेको छ । यतिवेला विश्वभरीका देशहरु कसरी जोगिने भन्ने कुरामा नै पूर्ण रुपले लागि परेको छ भने बिभिन्न देशका सरकारहरु आफ्नो जनता र देश कसरी बचाउने भन्ने कुराको चिन्तामा छ । यहि अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा लकडाउनको पूर्ण पालन गर्न सुरक्षा निकायको क्षेत्रबाट पनि कडा सुझाव आएको छ ।

नेपालभर रहेको लकडाउनको आधारमा उदयपुरमा लकडाउनको पालना सन्तोष जनक पाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी बीरबहादुर बुढामगरले बताउनुभएको छ ।

मगरले सामान्यतया कुनै पनि कामको जिम्मेवारी भइसकेपछि त्यो काम चुनौती हुने बताउँदै जिल्लामा लकडाउन  पालनाको सुरक्षा क्षेत्रमा केही चुनौतीहरु रहेको बताउनुभयो । तथापी यसको पालनामा आफुहरु हरदम लागि परेर जनाताहरुलाई लकडाउनको पालना गराउने काम प्रहरी बाट भएको एसपी मगरको भनाई छ ।

मगरले लकडाउनको पहिलो दिन धरै जनताहरुलाई लकडाउनको अर्थ थाहा नभएर पनि आफुहरुले समस्या भोग्नु परेको  बताउनुभयो । त्यस्ता व्यक्तिहरुलाई सचेत गराउने र बुझेर अटेर गर्नेहरुलाई तह लगाउने कार्य करिब २ दिन सम्म रह्यो । लकडाउनको पहिलो दिन करिब ५ सय ओटा साना तथा ठुला सवारीहरु नियन्त्रणमा लिएर यसबारे प्रष्ट पारेको र आउने दिनमा ख्याल गर्न प्रहरीले सुझाव दिएको थियो ।

दोस्रो दिन पनि केही सवारीहरु समातिए । उनिहरु कोही आफ्नो बाध्यताले पनि सवारी प्रयोग गरेको हुन सक्ने भन्दै त्यस्को कार्यन्वयनमा जोड गर्न सुझाव दिएका प्रहरीले तेस्रो दिन बाट पूर्ण रुपमा अटेर गर्नेहरुलाई कार्वाहि सहितको लकडाउन तयारीमा प्रहरी लागि परे । दोस्रो दिन सम्म ब्यबाहारिक हिसावले लकडाउनको कार्यन्वयन भयो भने तेस्रो दिनबाट भने कार्वाहीको हिसावले समेत जनताहरुलाई चेतना दिएको मगरले बताउनुभयो ।

बिस्तारै उदयपुरको सदरमुकाम गाइघाट लगाएत अन्य ठाउँहरुमा यसको पूर्ण पालना हुन थालेपछि आफुहरुलाई पनि सहज भएको एसपी मगरको भनाई छ । मगरले उदयपुरमा अहिले १२ औँ दिन सम्म आइपुग्दा बल प्रयोग र तडकभडक गर्नु नपरेको पनि जाकारी दिनुभयो । मगरले अहिले लडकडाउन भनिएता पनि अति आवश्यक बस्तुहरुको लागि ख्याल गर्नु पर्ने बताउनुभयो ।

बिषेश काममका लागि हिड्ने मानिसहरुलाई पनि व्यवस्थीत गरेको बताउनुभयो । बेलुका केही मानिसहरुको भिँड देखिनुमा खाद्यन्न तरकारी र औषधी जस्ता कामका लागि निस्कने गरेको बताउनुभयो त्यो भन्दा बाँकी अनावश्यक मानिसहरुलाई भने प्रहरीले निस्कन नदेको बताउनुभयो ।

मगरले जिल्लामा मजदुरको रुपमा आएकोहरुलाई व्यवस्थित आफ्नो जिल्ला पाठाउने काम भएको पनि बताउनुभयो । उहाँले पछिल्लो समय नागरिकहरुले आफ्नै लागि भन्ने कुरा बुझेर लकडाउनको पालना गरिरहेको बताउनुभएको छ ।

पछिल्लो समय पूर्ण ठप्प रहेको लकडाउनले अत्यावश्यक काम र व्यक्तिहरुलाई समेत असर पारेको भन्दै त्यस्ता महत्वपूर्ण काम र व्यक्ति  तथा क्षेत्रहरुलाई भने सरकारले केही खकुलो गर्ने भएपछि लकडाउनमा केही मुमेन्टहरु देखिएको मगरले बताउनुभयो ।

जस्तै कर्मचारी, स्वास्थ्यकमी, सञ्चाकर्मी, खाद्यन्न, कृषि जस्ता महत्वपूर्ण क्षेत्र तथा व्यक्तिहरुलाई भने खकुलो गर्ने सरकारको निर्णय रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले बाँच्नकै लागि यो सब गरिरहेको अवस्थामा जनताहरुलाई मर्न नदिन केही कुराको सुविधाको निम्ति पनि त्यस्तो कुराहरुलाई खकुलो गर्नु परेको बताउनुभयो । उहाँले अनावश्यक मानिसहरुलाई भने पटक्कै बाहिर ननिस्किन आग्रह गर्नुभएको छ ।

यस संक्रमणलाई नियन्त्रण गर्न सरकारको यो अभियान र सरकार सँग सम्बन्धित निकायहरुले भनेको कुरालाई पूूर्ण पालना गर्न एसपी मगरले सुझाव दिनुभयो ।