Friday, May 22News That Matters

लकडाउन उलंघन गरेपछि सेल्टिक र एबरडीनको खेल स्थगित

पूर्णपुष्टि, साउन २८

लकडाउन नियम उलंघन गरेपछि स्कटिस प्रिमियरसिप अन्तर्गत सेल्टिक र एबरडीनबीचको खेल स्थगित गरिएको छ । सेल्टिक र एबरडीनका खेलाडीले लकडाउन उलंघन गरेपछि दुई टोलीबीचको खेल स्थगित गरिएको हो ।

सेल्टिक र एबरडीनबीचको खेल शनिबार तय भएको थियो । हालै सेल्टिकका डिफेन्डर बोली बोलिनगोलीले स्पेनको भ्रमण गरेपछि क्वरेण्टीनमा नबसी किल्मर्नोकविरुद्ध खेल खेलेका थिए ।

जसको कारण सेल्टिक आलोचित बनेको थियो र स्कटल्याण्डका मन्त्री निकोला स्टर्जनले खेल स्थगित गर्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै गत हप्ता एबरडीनका आठ खेलाडी लकडाउन नियम उलंघन गर्दै बार गएका थिए । सेल्टिक र सेन्ट मिरिन तथा एबरडीन र ह्यामिल्टनबीच बुधबार तय भएको खेल समेत स्थगित गरिएको छ ।