Friday, May 22News That Matters

जीप दुर्घटनामा २ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २८

पाल्पामा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिकामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा निस्दी गाउँपालिका–५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र ४ नम्बरका मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ ।

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा निस्दी–५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी–४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी–४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि  चालक र सह–चालक फरार रहेको प्रहरीले जनाएको छ ।