Monday, May 11News That Matters

लकडाउन फुकुवा नगर्न डब्लूएचओको सुझाव

पूर्णपुष्टि, चैत २९ गते ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाईरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाय तत्काल अन्त्य गर्दा मृत्यु हुनेको संख्या तिब्र गतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो ।

प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्न डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले जोड दिएका छन् । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनले बताए ।

विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको डब्लूएचओले जनाएको छ । प्रतिबन्ध फुकुवा गर्न हतारो नगरिने जनाईएको  छ ।

विश्वका २ सय १० देश र दुई वटा पानी जहाजमा कोरोना फैलिँदा ज्यान गुमाउनेको संख्या १ लाख नाघिसेकेको छ । अहिलेसम्म झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।