Monday, June 29News That Matters

लम्जुङमा नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ १०

लम्जुङमा २० जना नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा भएको परीक्षणमा २० जना सेना र अन्य तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लम्जुङले जनाएको छ ।

उनीहरुलाई सामुदायिक अस्पताल सुन्दरबजार र सहरी विकास भवन सहजीको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको जनाईएको छ ।

अहिलेसम्म लम्जुङमा एक सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।