Friday, May 22News That Matters

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १०

कोरोना सङ्क्रमणाबट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

छातीमा समस्या देखिएपछि यहि भदौ ८ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका क्रममा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उनको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।