Friday, May 22News That Matters

पाटन अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

पूर्णपुष्टि, भदौ १०

ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको  अस्पतालले जनाएको छ ।

गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वषीय पुरुषको गतराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।