
पुर्णपुष्टि,असोज २१
ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बालाजुकी ६९ वर्षीया महिलाको कोरोनाबाट आज मृत्यु भएकोे अस्पतालले जनाएको छ ।

संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालले जनाएको छ ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । अउनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

