
पूर्णपुष्टि, फागुन १९
ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थियो ।
जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
