
झापा, फागुन–१९
झापा मेचीनगरबाट लागुऔषध खैरोहिरोईनसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईनसहित दुई जना पक्राउ परेका हुन् ।
पाँचथर आङना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ बर्षीय अनुप तामाङ रहेको प्रहरीले जनाएको छ ।
खत्रीलाई ३ ग्राम खैरोहिरोईन र तामाङलाई १ ग्राम खैरोहिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनामाथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
