
पूर्णपुष्टि, फागुन १९
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले जित हात पारेको छ । वुल्भ्सलाई ४–१ गोल अन्तरले पछि पार्दै म्यानचेस्टर सिटीले जित हात पारेको हो ।
वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए भने ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २–१ गोलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–१ गोलले विजयी हुन पुग्यो ।
उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १६ अङ्कको अग्रता कायम भएको छ । लिगमा युनाइटेडको ५० अङ्क रहेको छ । म्यानचेस्टर सिटीलाई जिताउन डेन्डंकरले १, ग्राबियल जिसले २ र मारेजले १ गोल गरेका हुन् ।
जितसँगै म्यानचेस्टर सिटीको ६५ अङ्क भएको छ । हार ब्यहोरेको वुल्भ्स ३४ अङ्कसहित खेलको १२ औं स्थानमा रहेको छ ।
