पुर्णपुष्टि, जेष्ठ १८ सुनसरी कोशी गाउँपालिका–३ नहर चोकमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक लागुऔषधसहित पक्राउ परेको हो । सोमबार बेलुका साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । डाईलक्स डिसि थान–५०२, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतिय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।