Sunday, June 21News That Matters

छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु

पुर्णपूष्टि, जेष्ठ १८

आज बिहान साढे ८ बजे सुनसरी र ईलाममा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका–१० दाजुभाई चौक देखी दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरको सहचालक खोटाङ साकेला गाउँपालिका–१ डाँडागाँउ का २२ वर्षीय विष्णु कुमार बस्नेत अचानक लड्दा पछाडी डालाको चक्कामा परी घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका–१० दाजुभाई चौक का ४५ वर्षीय भिम बहादुर कार्कीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै इलाम नगरपालिका–११ आले चोक स्थित भित्रि सडक खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना२  ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ–७ का २३ वर्षीय चन्द्र बहादुर तामाङलाई प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेको छ ।