Sunday, June 21News That Matters

पाटेबाघको आक्रमणबाट महिलाको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ १८

पाटेबाघको आक्रमणबाट एक महिलाको बर्दियामा ज्यान गएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

सोमबार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गर्दा थापाको ज्यान गएको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

डिभिजना वन र प्रहरीको टोली घटनास्थलमा पुगिसकेका र मृत महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीयवासीहरु त्रसित बनेका छन् ।