Saturday, June 20News That Matters

नेपालमा कालो ढुसी संक्रमण बढ्दो, उपत्यकामा पनि भेटिए संक्रमित

पूर्णपुष्टि, जेष्ठ  १८

नेपामा पनि कोरोना संक्रमित भएका मानिसहरुमा (म्युकोरमाइकोसिस) कालो ढुसीको संक्रमण देखा पर्न थालेको छ । देशभरका विभिन्न शहरहरुमा कालो ढुसीको संक्रमण बढ्न थालेको छ । उक्त संक्रमण काठमाडौं उपत्यकामा पनि भेटिएको हो । वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारीको छ ।

वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएको छ । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको हो । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएको खबर आएको मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।

यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका अस्पतालल जनाएको छ । तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएको र दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु भएको छ । एकजनालाई भने काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुई/तीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको छ ।

अस्पतालमा फंगसको परीक्षण नहुने भएकाले औपचारिक पुष्टि भने हुन नसकेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेले बताए ।

भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो ।

नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । ‘कोभिड संक्रमण हुने दर अहिले बढ्दो छ । संक्रमणको बेला धेरै जनाले स्टेरोइड लगायत एन्टिबायोटिक औषधिको प्रयोग गरेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘कोभिड सञ्चो भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्लाक फङ्गसको संक्रमण बढ्न गएको हो ।’

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।