
पूर्णपुष्टि, जेष्ठ १८
बाल यौन दुव्र्यावहार गरेको अभियोगमा मकवानपुरबाट एक युवक पक्राउ परेको छ । आठ वर्षीया बालिकालाई यौन दुव्र्यावहार गरेको अभियोगमा नगरपालिका–६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी पक्राउ परेको हो ।
उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए । उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
