लागुऔषधसहित चार जना पक्राउ

पूर्णपुष्टि, पुष १४
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार राती लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका–११ बाट ३ जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ वर्षीय सौरभ कडरिया, २२ वर्षीय निशान न्यौपाने र याशोक गाउँपालिका–२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ बाट लागुऔषध ट्याब्लेटसहित एक जना पक्राउ परेको छ । मंगलबार राती ९ बजेको समयमा सिआर भि पोस्त केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–८ का ३८ वर्षीय अम्बर बहादुर गदाललाई लागुऔषधसहित पक्राउ गरको हो । पक्राउ परेका गदालको साथबाट लुपिजेसिक ३२ एम्पुल बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: