
पूर्णपुष्टि, जेष्ट ९
मोरङमा लागुऔषसहित एक जना महिला पक्राउ परेको छ । बिराटनगर–१७ मटेरुवा चौक स्थितबाट सुनसरी ईटहरी–१ कि ४१ वर्षीया रेखा न्यौपाने पक्राउ परेकी हो ।
शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्सी–डिसी ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन प्लस–४ सय ३२ चक्कीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
