
मोरङ, फाल्गुन १ गते ।
मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१२ आईतवारेबाट लागुऔषधसहित ज्ञानेन्द्र चौधरी पक्राउ परेको हो ।
ईटहरी उप–महानगरपालिका–१० निबासी २६ बर्षीय चौधरीलाई बुधवार राती साँढे ९ बजे वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटेका प्रहरी टोलीले पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीको साथबाट नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
