Sunday, June 28News That Matters

लागुऔषधसहित १ जना पक्राउ

उदयपुर, फागुन १६ गते । 

उदयपुरको स्वामी चोकबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–४ स्वामी चोकबाट विहिबार साँझ करिब ६ः३० बजे रोशन मगर पक्राउ परेको हो ।

गस्तिमा निस्केका प्रहरी टोलीले शंका लागेर हिडि रहेका स्थानीय २५ वर्षीय मगरलाई चेक जाँच गर्दा स्पास्पेन एक सय १० ट्याब्लेट, एप्काडोल ६३ ट्यब्लेट र ५० ग्राम गाँजा मगरको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको मगरलाई सोधपुच्छ गर्दा सोही ठाउँमा राजकपुर यादवले संचालन गर्दै आएको लक्ष्मी मेडिकलबाट किनेर पत्तो पाएपछि मेडिकल चेक जाँच गर्दा स्पास्पेन ९ सय १० ट्याब्लेट, एप्काडोल ९ सय ४८ ट्याब्लेट र टाईफेनीकोल ५७ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

मेडिकल संचालक यादव फरार रहेकाले खोजी कार्य र्भइरहेको प्रहरीले जनाएको । पक्राउ परेको मगरलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप अनुसन्धान भईरहेको ईप्रका बेल्टारले जनाएको छ ।