Friday, May 15News That Matters

सुन चाँदीको भाउ घट्यो

गाईघाट, फागुन १६ गते । 

आज सुनको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ बढेको सुन आज पाँच सय रुपैयाँ घटेको हो । चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।