
गाईघाट, फागुन १६ गते ।
आज केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । शुक्रबार नेपाल राष्ट्रबैंकले शुक्रबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो यसको खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९६ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकेको छ । बिहीबार यसको एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय रुपैयाँ १७ पैसा पुगेको छ । हिजो यसको खरिददर २ सय ९९ रुपैयाँ ५२ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ६ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो यसको खरिददर ३ सय ७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २७ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३ सय ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ २३ पैसा रहेको थियो ।
