
मोरङ, भाद्र २१
मोरङको सुनवर्सी–८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीमकुमार मण्डल पक्राउ परेका हुन् ।
आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ईस्कुफ ६ बोतल र लाबोरेट भिलेल एक सय ९० गोटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुबै जना माथी ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

