Monday, June 29News That Matters

लागुऔषधसहित ३ जना पक्राउ

मोरङ, भदौ ९

मोरङको केराबारीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । केरावारी गाउँपालका–६ बाट लागुऔषध सहित तीन जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय केरावारीबाट खटेको प्रहरी टोलीले हिजो बेलुका ७ बजे मुगु खोला छेउमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका–५ का २२ बर्षीय रुपेश राई, धरान–८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।