लागुऔषधसहित ४ जना पक्राउ

पूर्णपुष्ट, मंसिर २३
सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थितबाट भोक्राह नरसिंह–५ का २० वर्षीय सरोज मन्सुरी र २१ वर्षीय हारुण मन्सुरी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम बरामद भएको छ ।
त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका–४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागुऔषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुलसहित राई र सोहि स्थानका १९ वर्षीय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्र्यालय सुनसरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: