Monday, May 11News That Matters

लागुऔषध अफिमसहित ३ जना पक्राउ

पूर्णपुष्टि, असार ७ 

महोत्तरीबाट लागुऔषध अफिम सहित तीन जना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तमाङ, दुर्गाबहादुर तमाङ र सिरहा जिल्लाको सिरहा नगरपालिका–५ का धनपत यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित १ केजी ९ सय ५० ग्राम अफिम नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट सुराकीको आधारमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ ।