
पूर्णपुष्टि, साउन ८ गते ।
धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका–२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
