Thursday, June 18News That Matters

लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ

पूर्णपुष्टि, असार २१ गते ।
मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ का ४४ बर्षीय भानु याङदेनलाई सोमवार दिउँसो लागुऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।
यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक–२० एम्पुल, एभिल–२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।