लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

पूर्णपुष्टि, पुष २८

सुनसरीको ईटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका–१ का ४८ बर्षिय डोमा मण्डल रहेका छन् ।

बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट सहित मण्डललाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मण्डलको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: