
विक्रम राई/गाईघाट, पुस ८ गते ।
लागुऔषाध दुव्र्यसनको ठूलै समस्या रहेको उदयपुरको सदरमुकाम गाईघाटमा प्रहरीले नियन्त्रणका सक्रियता देखाएको छ ।
चार महिना अघि उदयपुर आएका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले आफु आएपछिको रेकर्ड प्रस्तुत गर्दै ६५ वटा लागू औषधका मुद्दा चलाएको बताउनुभयो । जसमा १ सय १२ जना पक्राउ परेकामा ७ जना पुर्पक्षमा गएको, २० जना अनुसन्धानको क्रममा रहेको र ८५ जना धरौंटी तारिखमा छुटेका छन् । साथै अन्य सार्बजनिक अवराधमा ८० ओटा मुद्दा दर्ता भएकोमा ९६ जना पक्राउ परेको उहाँले बताउनुभयो । जसमा २ जना पुर्पक्षमा रहेको, ७ जना अनुसन्धानमा रहेको र ८७ जना धरौंटी तारिखमा छुटेको उहाँले बताउनुभयो । विगतमा भन्दा बढि देखिएको यो संख्यालाई प्रहरीको सक्रियता र उपलब्धी मान्न सकिन्छ ।
प्रहरीले लागूऔषध कारोवारी र प्रयोगकर्ताको गौडा पत्ता लगाई छापा मार्ने, अनुसन्धान गरी पक्राउ गर्ने गरेको छ । त्यसक्रममा खास व्यापारी, सप्लायरसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीको कडाईपछि लागूऔषध दुब्र्यसनमा केही कमी आएको प्रहरीको भनाई छ ।
अव लागूऔषधमा किट टेस्ट प्रयोग
किटटेस्टमा लागूऔषध थाहा भइहाल्छ : एसपी भट्ट
प्रहरीले अवका दिनमा लागूऔषध विरुद्ध किट टेस्टको प्रयोग ल्याउने भएको छ । लागू औषध सेवन गरेको हो वा होइन भनेर सरलढंगले पत्ता लगाउने प्रविधि किट टेस्टको प्रयोग ल्याउने भएको हो । केही दिनयता प्रयोगमा ल्याईसकेको किट टेस्टले यदि कसैलाई संका लागेर टेस्ट गर्नु परेमा सजिलै गर्न सकिने एसपी भट्टले बताउनुभयो ।
सुघेर मापासे पत्ता लगाउने जस्तो सजिलो लागूऔषध सेवन गरेको पत्ता लगाउन नसकिने भएकोले यो प्रविधि अनाइएको एसपी भट्टले बताउनुभयो । भट्टका अनुसार गर्भ जाँच गरेजस्तै यो पनि पिसावबाट चेक गरिन्छ । किट टेस्टले सबैखाले लागूऔषध प्रयोगको रिपोर्ट देखाउने उहाँले बताउनुभयो ।
सहजरुपमा प्राप्त नहुने र केही महंगो रहेको किट प्रहरीले नार्कोनेन नेपालबाट ल्याएको जनाएको छ । सर्बसाधारणका लागि पनि यदि कोही अभिभावकले आप्mना छोराछोरीले लागूऔषध सेवन गरेको छ कि छैन भनेर टेस्ट गर्न चाहेमा प्रहरीलाई भनेर गर्न सकिने एसपी भट्टले बताउनुभयो ।
ठूलो मात्राको घरेलुमदिरा नष्ट
जिल्ला प्रहरीले केहीदिन यता ठूलो मात्रामा बरामद गरेको घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ शनिबार नष्ट गरेको छ ।
प्रहरीले पत्रकार सम्मेदलनको आयोजना गरी गाईघाट र बोक्से बजारक्षेत्रबाट केहीदिनयता बरामद गरेको थियो ।
प्रहरीले घरेलु मदिरा रक्सी, जाँड, निघार र रक्सी पार्ने जाँड ड्रमका ड्रम बरामद गरेको थियो । साथै विभिन्न सात सेट रक्सी बनाउने भाडाकुडा लगायतका सामग्री पनि बरामद गरेको थियो । बरामद मदिरा र कच्चापदार्थलाई प्रहरी कार्यालय परिषरमा खाल्डोमा पुरेर नष्ट गरिएको थियो ।
मदिराको प्रयोगले झैझगडा बढाउनुका साथै आपराधिक गतिविधि बढाउने भएकाले नियन्त्रणमा लागिएको एसपी भट्टले बताउनुभयो । बजारक्षेत्रका सबै भट्टीहरुमा घरेलु मदिरा नबनाउन र विक्रीवितरण नगर्न सचेत गराउदै बेलाबेलामा छापा मारिदै आएको उहाँले बताउनुभयो ।