Wednesday, June 17News That Matters

लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

पूर्णपुष्टि, भदौ २१ गते ।
झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।
हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदैँ गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा लागुऔषध ब्राउनसुगर बरामद भएको हो ।
ब्राउनसुगरसहित लेटाङ नगरपालिका–४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भएको छ । मेचीनगर नगरपालिका–७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगरसहित तीनै जनालाई पक्राउ गरिएको छ । त्यस्तै, दमक नगरपालिका–२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक–२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर बरामद भएको छ । भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका–२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।