
पूर्णपुष्टि, वैशाख १२ ।
सुनसरीको धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सोहि स्थानका ४६ वर्षीय यज्ञ बहादुर खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ वर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैयाँ जरीवाना तोकिएकोमा खडका फरार रहेको थिए । फरार खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह आर.आइ.टी.बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
