
पूर्णपुष्टि, भदौ १२
लागूऔषध मुद्धाका फरार प्रतिबादीलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.टि.आई समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु,५० हजार सहित पक्राउ गरेको हो ।
माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु,३ हजार ठहर भएका फरार प्रतिवादी हुन् । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान अगाडी बढाएको छ ।
