
पूर्णपुष्टि, बैशाख १६
झपाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावती रहेको छन् ।
हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन–२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
