Sunday, August 9News That Matters

लागुऔषध सहित दुई जना पक्राउ

पूर्णपुष्टि, पुष ६ 

सुनसरीको भोक्राहा नर्सिङ–४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिङ–३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका–२ का ३७ बर्षीय सुरज राम पक्राउ परेका हुन् ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका  दुबैजनालाई आज विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका दुबै जना माथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।