
पूर्णपुष्टि, पौष ५
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थितबाट नियन्त्रित लागुऔषध सहित १ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका –२ का ३८ बर्षिय कालु बहादुर राई रहेका छन ।
आईतबार बेलुका साँढे ५ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीको टोलीले डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित राईलाई नियन्नत्रणमा लिएको हो । पक्राउ परेका राईको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय चतराबाट भईरहेको प्रहरिले जनाएको छ ।
