
पूर्णपुष्टि,माघ ४
मोरङ बिराटनगर–१६ स्थित सिमा एरियाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छ । मोरङ सुन्दरहरैचा–६ बस्ने २८ बर्षीय आशिस मगरलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनी उपर चेकजाँच गर्दा लुपिजेसिक–११ एम्पुल, डाईजापाम–११ एम्पुल, एभिल–११ एम्पुल, फेनारगन–११ एम्पुल र नाईट्राभेट–४५ ट्याब्लेट लागुऔषध प्रहरीले बरामद गरेको हो ।
यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
