
झापा, असोज २६
झापाबाट लागुऔषसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ का ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर–८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईनसहित पक्राउ परेका हुन् ।
हिजो दिउसो पौने ४ बजे दुबै जनालाई मेचीनगर–७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १ सय ५७ ग्राम खैरोहिरोईन बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

